8 years ago
July 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा भएको दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगिताको उपाधि वासिङन डिसीले जितेको छ । बाल्टिमोर एफसीलाई आइतबार २–१ ले हराएको थियो । डिसीको पोस्ट नेपाली यू १९ का पूर्व गोलकिपर राजिव श्रेष्ठले सम्हालेका थिए ।
डिसीका लागि दुवै गोल लोप्साङ तेन्जिङले गरेका थिए । उनै लोप्साङ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा अमेरिकामा रहेका नेपाली समूदायका १२ क्लबको सहभागिता रहेको थियो । नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङले एलए एफसीबाट एनएसीमा प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुको टोली क्वार्टरफाइनलमै रोकिएको छ ।
पूर्व राष्ट्रिय खेलाडीद्वय पर्वत पाण्डे र प्रलय राजभण्डारी न्यूयोर्क एफसीबाट खेलेका थिए भने यू १९ का पूर्व कप्तान प्रशान्त गिरी एभेरेष्ट एभरेष्टबाट खेलेका थिए । एनएसीले तीन दिने खेलकुद उत्सवमा फुटबलसँगै भलिबल, क्रिकेट र बास्केटबल लगायतका प्रतियोगिता आयोजना गरेको थियो । पुरुष भलिबल सान फान्सिस्कोले जितेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]