8 years ago
July 5, 2017
काठमाडौं (हाम्रो खेेेेलकुद ) – अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
एन्फाले एएफसी यु–२३ छनोट अन्र्तगतको खेलको लागि असार २७ गते बंगलादेशको यु–२३ टिमसँग मैत्रीपूर्ण खेलको लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा हुनेछ ।
नेपालको यु–२३ टिम र बंगलादेशको टिम एएफसी यु–२३ छनोटको तयारीमा छ ।
युएईमा हुने छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेवनान रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा आयोजक युएईसँग जुलाई १५, जुलाई १७ मा उज्वेकिस्तान र जुलाई १९ मा लेवनानसँग खेल्ने कार्यक्रम रहेको छ । समूह चरणका सबै खेलहरु तनुन विन मोहमेद स्टेडियम अल इन सिटीमा हुनेछ । यस्तै समूह ‘इ’ मा रहेको बंगलादेशको समूहमा जोर्डन, ताजिकिस्तान र प्यालेस्टाइन रहेको छ ।
नेपाली यु–२३ टोलीलाई राष्ट्रिय टिमका प्रशिक्षक राजुकाजी शाक्यले २० दिन अघिबाट प्रशिक्षण दिइरहेको छ । गोलकिपिङ प्रशिक्षकमा मृगेन्द्र मिश्र र सहायक प्रशिक्षकमा प्रकाश अर्याल रहेका छन् । यस्तै टिम म्यानेजरमा सञ्जीव मिश्र रहेका छन् ।
एन्फाले प्रशिक्षणमा ४० खेलाडीलाई बोलाए पनि प्रशिक्षणमा २८ खेलाडी मात्रै उपस्थित भएका थिए । २८ खेलाडीबाटै बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलअघि २३ खेलाडीको नामावली सार्वजनकि गरिने एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलको लागि बंगलादेशको ३० सदस्यीय यु–२३ टोली आगमी आइतबार काठमाडौं आउने कार्यक्रम छ ।
यसैबीच एन्फाले मैत्रीपूर्ण खेलको लागि करिव १४ सय टिकट बिक्री गर्ने जनाएको छ । साधरण प्याराफिटतर्फको टिकट मुल्य पाँच सय र भिआइपीतर्फको टिकट मुल्य १ हजार तोकिएको छ । सम्पूर्ण टिकटको जिम्मा एन्फाले इ–सेवालाई दिएको छ । टिकट बिक्री बिहिबार बाट हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]