8 years ago
July 7, 2017
लिभरपुल (एजेन्सी) – एभर्टनका स्ट्राइकर रोमेलु लुकाकुलाई म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफर्डमा भित्र्याउन ७५ मिलियन पाउण्ड सम्म खर्चिन तयार रहे पनि लुकाकुबाट एभर्टनले भने ९० मिलियन पाउण्डसम्म कमाउने अपेक्षा गरेको छ।
चेल्सीबाट २०१४ मा २८ मिलियन पाउण्डमा एभर्टन पुगेका बेल्जियमका स्ट्राइकर लुकाकुलाई बोनस लगायत अन्य शर्तहरु जोड्दै एभर्टनले युनाईटेडसँग ९० मिलियन पाउण्ड बराबरको सम्झौताको अपेक्षा गरेको छ । युनाइटेड ७५ मिलियन पाउण्ड सम्म खर्चिन तयार भएपनि प्रिमियर लिगमा युवा अवस्थामा नै आफुलाई प्रमाणित गरिसकेका २४ वर्षीयलुकाकुको मूल्य एभर्टनले ९० मिलियन तोकेको छ ।
२०११ मा चेल्सीसँग आबद्ध भएका लुकाकु एभर्टनमा स्थायी रुपमा आउनु अघि वेस्ट ब्रोम र एभर्टनमा अस्थायी खेलाडीको रुपमा खेलेका थिए । सन् २०१४मा बेचेपनि यो सिजन चेल्सीले उनलाई पुनः अनुबन्ध गर्न तयार रहेको थियो। तर जोसे मोउरिन्होले पनि उनलाई भित्र्याउन चाहेपछि युनाइटेडले लुकाकुलाई किन्ने सम्भावना प्रवल बन्दै गएको छ ।
एभर्टन र युनाइटेड बीच सकारात्मक सम्झौताको निष्कर्षमा पुग्न सकेमा लुकाकु आउदो साताको अन्त्यसम्म म्यानचेस्टर युनाइटेडका खेलाडी बन्नेछन। एभर्टनको नयाँ सिजनको प्रशिक्षण बिहिबारबाट सुरु भएपनि लुकाकुले भने त्यसमा सहभागिता जनाएका छैनन्। पल पोग्बासँग अमेरिकामा बिदा मनाइरहेका लुकाकुले ५ वर्षको सम्झौता गर्ने बुझिएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]