default_image

8 years ago

July 7, 2017

जरिवाना तिरेपछि मेस्सीको जेल सजाय छुट

126 views

0 Bookmark

स्पेन (एजेन्सी)– अघिल्लो जुलाईमा कर छलीको अभियोगमा स्पेनको सर्वोच्च अदालतले २१ महिना जेल सजाय सुनाएपनि लियोनल मेस्सीले जरिवाना तिरेपछि उनको सजाय छुट भएको छ ।

Messi

सन् २००७ देखि २००९ को बीचमा ३ पटक कर छलेको अभियोगमा स्पेनको सर्वोच्च अदालतले मेस्सीलाई २१ महिना जेल सजाय सुनाएको थियो । विभिन्न देशका कम्पनी मार्फत कुल साढे ३ मिलियन पाउण्ड बराबरको कर छलेको आरोप र करिब ९ मिलियन पाउण्ड बराबरको कमाइ उनले लुकाएका थिए । मेस्सीले जरिवाना स्वरूप २ लाख ५० हजार पाउण्ड तिरे ।

शुक्रबार जरिवाना तिरेपछि मेस्सीको जेल सजाय छुट भएको स्पेनको अदालतले जनाएको छ । स्पेनिस कानुनका अनुसार २ वर्ष भन्दा कमको जेल सजाय जेलमा बिताउन बाध्य नहुने व्यवस्था छ । त्यसैकारणले मेस्सीले जेल सजाय नाकाटे पनि जरिवाना भने तिरेका हुन् । मेस्सीको पिता जोर्गेलाई सुनाइएको १५ महिने सजायपनि जरिवाना तिरेसँगै रोकिएको छ । जोर्गेले भने जरिवाना स्वरूप १ लाख ८० हजार पाउण्ड बुझाएका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.