8 years ago
July 8, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुसँग सम्झौता भएको जनाएको छ । युनाइटेडले लुकाकुको सरुवाका लागि एभर्टनसँग सहमति भएको उल्लेख गरेको छ । यद्दपी लुकाकुको मेडिकल र अन्य विषयमा भने सहमति हुन बाँकी रहेको बताइएको छ ।

युनाइटेडले ओल्ड ट्राफर्डमा भित्राउन ७५ मिलियन पाउण्ड सम्म खर्चिन तयार रहे पनि लुकाकुबाट एभर्टनले भने ९० मिलियन पाउण्डसम्म कमाउने अपेक्षा गरेको बताइएको थियो । चेल्सीबाट सन् २०१४ मा २८ मिलियन पाउण्डमा एभर्टन पुगेका बेल्जियमका स्ट्राइकर लुकाकुलाई बोनस लगायत अन्य शर्तहरु जोड्दै एभर्टनले युनाईटेडसँग ९० मिलियन पाउण्ड बराबरको सम्झौताको अपेक्षा गरेको जनाइएको थियो ।
युनाइटेड ७५ मिलियन पाउण्ड सम्म खर्चिन तयार भएपनि प्रिमियर लिगमा युवा अवस्थामा नै आफुलाई प्रमाणित गरिसकेका २४ वर्षीयलुकाकुको मूल्य एभर्टनले ९० मिलियन तोकेको छ । २०११ मा चेल्सीसँग आबद्ध भएका लुकाकु एभर्टनमा स्थायी रुपमा आउनु अघि वेस्ट ब्रोम र एभर्टनमा अस्थायी खेलाडीको रुपमा खेलेका थिए ।
२०१४मा बेचेपनि यो सिजन चेल्सीले उनलाई पुनः अनुबन्ध गर्न तयार रहेको थियो। तर जोसे मोउरिन्होले पनि उनलाई भित्र्याउन चाहेपछि युनाइटेडले लुकाकुलाई किन्ने सम्भावना प्रवल बनेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]