default_image

7 years ago

July 8, 2017

अनिललाई एनआरएनए मकाउको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ मकाउमा सम्मानित भएका छन् । व्यक्तिगत भ्रमणमा मकाउ पुगेको अनिलललाई एनआरएनए मकाउले आज सम्मान गरेको थियो । एनआरएनए मकाउका अध्यक्ष मुकेश बरुवालले अनिलललाई मायाको चिनोबाट सम्मान गरेका थिए । कार्यक्रममा एनआरएनए मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी दीपा क्षेत्री, पूर्व फिफा […]

17 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ मकाउमा सम्मानित भएका छन् । व्यक्तिगत भ्रमणमा मकाउ पुगेको अनिलललाई एनआरएनए मकाउले आज सम्मान गरेको थियो । एनआरएनए मकाउका अध्यक्ष मुकेश बरुवालले अनिलललाई मायाको चिनोबाट सम्मान गरेका थिए ।

कार्यक्रममा एनआरएनए मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी दीपा क्षेत्री, पूर्व फिफा रेफ्री सचिन अमात्यलगायतको उपस्थिति थियो । अमात्यका अनुसार अनिल आइतबार स्वदेश फर्कदैछन् । अनिल राष्ट्रिय टोलीबाट ५० क्याप नजिक पुगेका छन् ।

सन् २००७ मा ओमानविरुद्धको विश्व कप छनोटमा ‘डेब्यू’ गरेका अनिलले पछिल्लो पटक यमनसँगको एसियन कप छनोट खेलेका थिए । यमनसँगको खेल उनको खेल जीवनको ४९ औं खेल थियो । त्यसअघि एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको पहिलो खेलमा भने उनी टोलीमा थिएनन् ।

तस्बिर सौजन्य- सचिन अमात्य

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.