default_image

8 years ago

July 8, 2017

इन्डोनेसियामा रोहितको टोलीको अर्को बराबरी

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकर्ताले इन्डोनेसिया लिगा १ मा अर्को बराबरी खेलेको छ । घरेलु मैदानमा शनिबार पर्सिजाले प्रेसिपुरासँग १–१ को बराबरी खेलेको थियो । यहि साता ग्रिसिक युनाइटेडसँग पनि पर्सिजाले १–१ को बराबरी खेलेको थियो ।

फाइल तस्बिर

आज ५० औं मिनेटमा ग्रिसिकका खेलाडीले गोल गरेपछि पर्सिजा खेलमा पछाडि परेको थियो । तर, ३ मिनेट पछि नै पर्सिजाले बराबरी गोल फर्कायो र सम्भावित हारलाई टारेको थियो । यो साता लिगा १ को उत्कृष्ट ११ मा छानिएका रोहित ६८ औं मिनेटमा परिवर्तन हुँदै मैदान बाहिरिएका थिए ।

लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित १२ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् । गोल डटकमले हरेक साता उत्कृष्ट ११ छनोट गर्दै आएको छ । हुने गरेको छ । लिगा १ मा २० टोलीको सहभागिता छ ।

केहि साताअघि खराब प्रदर्शनका कारण दबाबमा रहेको पर्सिजा पछिल्ला ६ खेलपछि भने अंकतालिकामा माथि आएको थियो । १३ खेलेको समाप्तीपछि रोहितको टोली ५ जित, ५ बराबर र ३ हारका साथ २० अंक जाडेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.