8 years ago
July 9, 2017
एजेन्सी – स्पेन यू२१ राष्ट्रिय टोलीका मिडफिल्डर ड्यानी सेबालोस रियल म्याड्रिडमा अनुबन्धित हुने पक्का भएको छ। बार्सिलोना र रियल म्याड्रिड दुवैले उनलाई भित्र्याउन खोजेपनि बोटिसले खेलाडीको अनुरोधमा रियलको प्रस्ताबलाई स्विकारेको हो।
२० वर्षीय मिडफिल्डर सेबालोस आफैंले रियल जाने इच्छा देखाएको र रियलले क्लबले राखेको मागभन्दा केहि बढि रकम दिएपछि उनि म्याड्रिड जाने पक्का भएको हो। रियल बेटिसबाट खेल्दै आएका सेबालोसको रिलिज कलज १३.३ मिलियन पाउण्ड भएपनि रियलले १५.९ मिलियन पाउण्ड तिर्ने निर्णय लिएको हो। सेभिल्लाका एकेडमीबाट आएका सेबालोसले बेटिसबाट गत सिजन युरोपा लिग र ला लिगामा राम्रो प्रदर्शन गरेका थिए।
स्पेनको युरो यू२१ टोलीका सदस्य रहेका सेबालोसले युरो यू२१को उपविजेता बन्दा राम्रो प्रदर्शन गरेका थिए। उक्त टोलीबाट खेलेका मार्को एसेन्सियो, जेसस भालेहो र मार्कोस लोरेन्टे पनि म्याड्रिडमै रहेकाले सेबालोसले सल्लाह गरेर यो निर्णय लिएको बुझिएको छ। सेबालोसले म्याड्रिड रोजेसँगै बार्सिलोनाले अब भेर्राट्टीलाई भित्र्याउन थप दबाब खप्ने भएको छ।
म्याड्रिडले सेबालोसलाई सोमबार एक कार्यक्रमबिच समर्थक र मिडियामाझ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उनि म्याड्रिडको प्रि सिजन टुरका लागि अमेरिका लाग्ने छन्। उनको आगमनसँगै म्याड्रिडले कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई भने बेच्ने सम्भावना बढेको छ। मटियो कोभाचिच पनि जिदानको योजनामा नरहेकाले उनलाई राम्रो प्रस्ताब आएको खण्डमा रियलले छुटकारा दिनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]