8 years ago
July 9, 2017
एभर्टन (एजेन्सी)– एक दशकभन्दा लामो समय म्यानचेस्टर युनाइटेडमा बिताएका वायन रुनी पुनः एभर्टन फर्केका छन् । इङ्ल्यान्डका ३१ बर्षे स्ट्राइकरले आफ्नो बाल्यकालको क्लबसँग २ बर्षको सम्झौता गरेका छन् । उनले एभर्टनबाट १६ बर्षको उमेरमा ‘डेब्यू’ गरेका थिए ।
‘मैले पहिला देखि नै भन्दै आएको थिए । प्रिमियर लिगमा म कि म्यानचेस्टर युनाइटेड वा एभर्टनबाट मात्र खेल्नेछु । अहिले फेरी एभर्टन आएको छु । खुसी लागेको छ,’ रुनीले भने,‘ उपाधिहरु जित्ने लक्ष्यका साथ १३ बर्षअघि म यहाँबाट युनाइटेड पुगेको थिए । युनाइटेडको इतिहासमै सफल अवधिको म एउटा हिस्सा हुन सके त्यसमा गर्व छ ।’
उनले एभर्टनले केही सफलता हासिल गर्नेमा विश्वास व्यक्त गरे । ‘म एभर्टन फर्केको छु किनकी मलाई रोनाल्ड कोएम्यानप्रति विश्वास छ ,’ उनले थपे,‘ मैले बच्चादेखि समर्थन गरेको क्लबका लागि केही गर्न पाउँदा खुसी हुनेछु ।’ एभर्टनका प्रशिक्षक कोएम्यानले रुची फर्केमा खुसी व्यक्त गरेका छन् । उनले भने ‘ रुनी भर्खर ३१ बर्षका भए । उनीमा पर्याप्त क्षमता । उनले यहाँ राम्रो गर्नेछन् ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]