8 years ago
July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – बंगालदेशको यू२३ राष्ट्रिय टोलिविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलमा नेपाली टोलीले राम्रो अन्तिजा ल्याउने कप्तान विमल घर्ति मगरले बताएका छन्। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न युएई जना लागेको टोलीले अभ्यास खेलमा बंगलादेशको सामना गर्न लागेको हो।
नेपाली टोलीका कप्तान विमलले टोलीमा लामो समयदेखि सँगै खेल्दै आएका खेलाडीको बाहुल्यता रहेकाले राम्रो प्रदर्शन गर्ने आशा लिएको बताए। ‘हामीले विगत १ महिनादेखि प्रशिक्षण गर्दै आएका छौँ। सबै खेलाडीको फिटनेसमा सुधार आएको छ। हामी यू१६ देखि सँगै खेल्दै आएका खेलाडीहरु धेरै रहेकाले एक-अर्कालाई राम्रो बुझेका छौँ। त्यसैले पनि हामीलाई मैदानमा केहि सहज हुनेछ।’
उनले नेपाली टोलीमा राष्ट्रिय टोलीका १० खेलाडी रहेकाले पनि थप सहयोग पुग्ने बताए। ‘अहिलेको टोलीमा रहेका १० खेलाडी राष्ट्रिय टोलीका खेलाडी हुन्। हामी एकतृत भएर टोलीको नतिजामा पूर्ण रुपमा केन्द्रित छौँ। बंगलादेश पनि हाम्रै स्तरको टोली हो त्यसैले खेल प्रतिस्पर्धात्मक हुनेछ।’
उनले कप्तानको जिम्मेवारी नौलो नभएकाले दबाब नहुने पनि प्रष्ट्याए। ‘मलाई प्रशिक्षकले विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ। यसले मलाई कुनै किसिमको दबाब थपिन्न। टोलीको लागि अझै राम्रो गर्नेमा म निश्चिन्त छु।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]