default_image

8 years ago

July 10, 2017

मोड्रीचद्वारा मोराटा र हामेसलाई म्याड्रिडमै बस्न आग्रह

94 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले क्लब छाड्ने सुरमा रहेका फरवार्ड अल्भारो मोराटा र मिडफिल्डर हामेस रोड्रीग्वेजलाई म्याड्रिड छाडेर अन्यत्र नजान सल्लाह दिएका छन्। उनले म्याड्रिड विश्वकै सर्वोत्कृष्ट क्लब रहेको र यहाँबाट अन्यत्र जानु भनेको तल्लो स्तरमा खुट्टा हाल्नु जस्तै रहेको बताएका छन्।

सोमबारबाट सुरु हुने रियल म्याड्रिडको प्रि-सिजनको प्रशिक्षणमा हामेस र मोराटा उपस्थित नहुने बुझिएको छ। गत सिजन निकै कम खेल्ने अवसर पाएका खेलाडीहरुलाई युरोपका ठुला क्लबले खरिद गर्न खोजिरहेका छन्। दुवै खेलाडीले रियल छाडेर अन्यत्र जाने मनस्थिति बनाइसकेका छन्। यस्तो अवस्थामा टोलीका मिडफिल्डर मोड्रीचले भने टोलीनमै रहेर आफ्नो स्थानको लागि प्रतिस्पर्धा गर्ने सल्लाह दिएका छन्।

‘म्याड्रिड छाडेर जानु सजिलो निर्णय पक्कै होइन। यहाँबाट बाहिर निस्किएपछि केहिपनि पहिलाजस्तो हुँदैन। म्याड्रिड विश्वकै सर्वोत्कृष्ट क्लब हो र यहाँबाट अन्यत्र जानु भनेको एक स्तर तल झर्नुजस्तै हो। कुनै खेलाडीको व्यक्तिगत समस्या हुन सक्छ तर यदि मेरो त्यस्तो अवस्था आयो भने म क्लब छाड्ने भन्दा यहीं रहेर त्यसलाई ठिक गर्ने प्रयास गर्नेछु।’

मोड्रीच टोटेनहमबाट रियल म्याड्रिड आउँदा पहिलो सिजन निकै समस्यामा परेका थिए। उनलाई स्पेनका प्रतिष्ठित पत्रिकाहरुले सिजनकै सबैभन्दा असफल खेलाडीको संज्ञा पनि दिएका थिए। तर, त्यसपछिका सिजनमा मोड्रीचले निकै राम्रो प्रदर्शन गर्दै आइरहेका छन्। उनले रियललाई गत सिजन ला लिगा र च्याम्पियन्स लिग उपाधि दिलाउँदा महत्त्वपूर्ण योगदान दिएका थिए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.