8 years ago
July 10, 2017
एजेन्सी – यस ट्रान्सफर विन्डोमा इङ्गलिस प्रिमियर लिगकै सबैभन्दा ठुलो स्थानान्तरण प्रक्रिया सम्पन्न भएको छ। एभर्टनका स्ट्राइकर रोमेलु लुकाकु अन्ततः औपचारिक रुपमा म्यानचेस्टर युनाइटेडका खेलाडीका रुपमा सार्वजनिक गरिएका छन्।
म्यानचेस्टर युनाइटेडले लुकाकुलाई भित्र्याउन प्रारम्भिक रुपमा ७५ मिलियन पाउण्ड खर्चेको छ। ५ वर्षे सम्झौता गरेका लुकाकुसंग छैटौं वर्षका लागि सम्झौता लम्ब्याउने विकल्प पनि दिइएको छ। स्थानान्तरण रकम भने बोनससँगै वृद्धि भएर ९० मिलियन पाउण्डसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
यसअघि लुकाकुकै पूर्व क्लब चेल्सीले युनाइटेडले प्रस्ताब गरेकै रकम एभर्टनलाई दिएपनि लुकाकुले चेल्सी नरोजेर युनाइटेड रोजेका थिए। उनले युनाइटेड रोजेसँगै आफु क्लबमा चाँडो भन्दा चाँडो खेल्न उत्सुक रहेको बताए। ‘जब विश्वकै सर्वोत्कृष्ट क्लब म्यानचेस्टर युनाइटेड र म्यानेजर जोसे मोउरिन्होले कसैलाई भित्र्याउन चाहन्छ भने, त्यो जिन्दगीमा एकपटक आउने अवसर हो। मैले त्यो अवसर पाएँ र कुनै हालतमा त्यसलाई नकार्ने पक्षमा थिईंन। म यस क्लबका लागि खेल्न एकदम उत्सुक छु।’
लुकाकुलाई भित्र्याएपछी क्लबमा प्रशिक्षक जोसे मोउरिन्होले खुशी व्यक्त गरे। ‘लुकाकुलाई म्यानचेस्टर युनाइटेडमा फिट हुन केहि समय लाग्दैन। उनि विश्वस्तरीय खेलाडी हुन् र उनले क्लबमा सफलता हात पर्नेमा कुनै दुविधा छैन। उनले व्यक्तिगत रुपमा आफ्नो करियर विकास गर्न विश्वकै ठुलो क्लब रोजेका छन्। उनको आगमनले टोलीलाई ठुलो मद्दत पुग्नेछ। हामी सबै उनीसँग काम गर्न व्यग्र प्रतिक्षामा छौँ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]