8 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीच एन्फाको सातदोबाटोस्थित कृत्रिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ।
मैत्रीपूर्ण खेलको जानकारी:
खेल हुने मिति – २०७४ असार २७ गते, मंगलबार
खेल समय – नेपाली समय अनुसार दिउँसो ३ः०० बजे
खेल मैदान – सातदोबाटोस्थित एन्फाको कृत्रिम घाँसे मैदानमा
टिकट दर – साधरण प्यारापिटतर्फ प्रति टिकट ५ सय र भिआइपीतर्फ प्रति टिकर १ हजार रुपैयाँ
टिकट बिक्रि गरिने संख्या – १४ सय वटा।
लाइभ कसरि हेर्ने ? एपी वन (AP1) एच डी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ
अनलाइन कसरी हेर्ने ? हाम्रो खेलकुद लाइभमा पनि हेर्न सकिनेछ।
टिकट कसरि खरिद गर्ने ?
टिकट किन्नका लागि इसेवा खाता हुने समर्थकले football.esewa.com.np मा गएर आफैं खरिद गर्न सकिनेछ । इसेवा नभएका समर्थकले नजिकैको इसेवा एजेन्टमार्फत टिकट खरिद गर्न सक्नुहुनेछ । काठमाडौँभर आफ्ना ५ हजार एजेन्ट रहेको इसेवाले बताएको छ ।
मैदानमा टिकट खरिद गर्न पाइन्छ?
सातदोबाटो स्थित स्वीमिङ कम्प्लेस्कको गेटमा बिहान १० बजेबाट टिकट बेच्न राखिने एन्फाले जनाएको छ।
टिकट खरिद गर्नेले मैदानमा आउँदा अनिवार्य रुपमा आफ्नो परिचयपत्र बोक्नुपर्ने बताइएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]