8 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – नुनावडिङले एनपिएलमा आइतबार बालाराट सिटी एफसीलाई ३–१ ले हराउँदा नेपाल यू २३ टोलीका पूर्व-कप्तान जगजित श्रेष्ठले नयाँ क्लबका लागि पहिलो पटक गोल गरेका थिए ।
नुनावडिङको ३-१ को जितमा जगजितले तेस्रो गोल गरेका थिए । बालाराट सिटीका गोलकिपर पोसिजनमा नहुँदा जगजितले खाली पोस्टमा गोल गरेका थिए । मिडफिल्डबाट नुनावडिङका खेलाडीले मिलाएको पासमा जगजितले गोल गरेका थिए।
सनसाइन बाट नुावाडिङ पुगेपछि जगजितले खेलेका पाँच मध्ये ३ खेलमा टोली विजयी भएको थियो भने २ खेलमा पराजित भएको छ। २० टोलीको सहभागिता रहेको एनपिएलका २२ खेलमा नुनावडिङ २४ अंकसहित आठौं स्थानमा छ ।
हेर्नुहोस जगजितको गोल
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]