8 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोली र बंगलादेश यू२३ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १-०को जित दर्ता गरेको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।
खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगरले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले अन्जनको डी बक्स भित्रको पासलाई पहिलो टचमा टर्न गर्दै आफ्नो फेभरेट बायाँ खुट्टाले प्रहार गर्दै जाली चुमाएका थिए। त्यसपछि विमलले अर्को मौका पाएपनि उनको कडा प्रहार गोलरक्षकले पहिलो बारमा मुस्किलले बचाएका थिए। उक्त सट प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको काँधमा चोट लाग्न पुगेको थियो। त्यसपछि उनको स्थानमा विश्वास श्रेष्ठले मैदानमा प्रवेश पाए। पहिलो हाफमा थप कुनै राम्रो अवसर सिर्जना हुन सकेन।
दोश्रो हाफमा नेपालले सुरुवातमा केहि मौका बनाएको थियो। खेलको ६४औं मिनेटमा गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा अन्जनले उत्कृष्ट ओभरहेड सट प्रहार गरेपनि उक्त सट डिफेन्सलाई लाग्दै बाहिरिएको थियो। बंगलादेशका लागि हेमन्तो विश्वासको बक्स बाहिरबाट गरेको प्रहारलाई ६९औं मिनेटमा गोलरक्षक एलन न्यौपानेले मुस्किलले बचाएका थिए। त्यसपछि ७८औं मिनेटमा सुनिल बलले सुनौलो मौका गुमाए। सुमन लामाको लेअफमा सुनिलको सट आकाशिएको थियो।
खेलको दोश्रो हाफको इन्ज्युरी समयको तेश्रो मिनेटमाविवेक बस्नेतको पासमा विश्वास श्रेष्ठले गोल गर्ने सुनौलो मौका चुकाएका थिए। गोलरक्षक पोजिसनमा नभएको बेलामा उनले बललाई पोष्टको दिशा दिन सकेनन्। खेलमा थप गोल हुन नसकेपछि कप्तान विमलले पहिलो हाफमा गरेको गोलनै निर्णायक सावित भयो। नेपालको लागि पुजन उपरकोटी, सन्जोग राइ, विवेक बस्नेत, लक्ष्मण जिसी लगायतका खेलाडी वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।
नेपालको सुरुवाती ११:
एलन न्यौपाने: दिनेश राजवंशी, अनन्त तामाङ, गौरब बुढाथोकी, अमित तामाङ: सुमन लामा, हेमन्त थापा मगर, हेमन गुरुङ, सुनिल बल: अन्जन विष्ट, विमल घर्ति मगर (कप्तान)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]