default_image

8 years ago

July 11, 2017

रियलका हामेस २ बर्षका लागि बायर्नमा आबद्ध

104 views

0 Bookmark

म्युनिख (एजेन्सी) – बायर्न म्युनिखले रियल म्याड्रिडबाट कोलम्बियाली अन्तराष्ट्रिय खेलाडी हामेस रोड्रीगेजलाई २ बर्षको लागि लोनमा अनुबन्धन गरेको छ। मेडिकल पश्चात सम्झौता पत्रमा हामेसले हस्ताक्षर गर्ने बायर्नले आफ्नो वेबसाईटमा जनाएको छ। बायर्नले चाहेको खण्डमा २ बर्ष पछि खेलाडीलाई क्लबमै राख्न पनि सक्ने छ।

२५ बर्षे मिडफिल्डर सन् २०१४को विश्व कपमा ६ गोल गर्दै सर्बाधिक गोलकर्ता भएका थिए । मोनाकोबाट रियल पुगेर थुप्रै उपाधि आत्मसात गरेका थिए। हामेसले रियलका लागि १ सय ११ खेलमा ३६ गोल गर्दै ४१ गोलका लागि पास  उपलब्ध गराएका थिए।

हामेसले मेडिकल सके लगत्तै अभ्यास सुरु गर्ने छन् र २५ जुलाईबाट सुरु हुने प्रि-सिजन भ्रमणमा सहभागिता जनाउने छन्। बायर्नले जुलाई २५ मा सिंगापुरको राष्ट्रिय रंगशालामा चेल्सीसँग खेल्ने तालिका रहेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.