8 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजु काजी शाक्यले नेपाली टोलीलाई बंगालदेशविरुद्धको जितले आगामी एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका लागि उर्जा थपेको बताएका छन्। मंगलबार भएको खेलमा कप्तान विमल घर्ती मगरको गोलको मद्दतले नेपाल १-०ले विजयी रहेको थियो।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक शाक्यले नेपाली टोलीले यस खेलको नतिजा र अनुभव दुवैले टोलीलाई थप उर्जा मिलेको प्रतिक्रिया दिए। ‘हामीले प्रतियोगिता खेल्न जानुअघि खेलेको यस मैत्रीपूर्ण खेलले ठुलो सहयोग गरेको छ। बंगलादेश तुलनात्मक रुपमा कमजोर टोली भएपनि यसमा हासिल भएको जित र अनुभवले भने टोलीमा उर्जा थपेको छ। हामी चोटलाई टाढा राखेर मैत्रीपूर्ण खेल सक्न चाहन्थ्यौं र त्यसमा हामी सफल भयौं।’
प्रशिक्षक श्रेष्ठले मिडफिल्डमा भने केहि कमजोरी रहेको स्वीकारे। ‘हाम्रा दुवै मिडफिल्ड डिफेन्सिभ रुपमा केहि कमजोर छन्। त्यसैले मैले एकजनालाई तल बसेर खेल्न भनेको थिएँ तर त्यस स्थानमा खेल्ने अनुभव नभएकाले उनले सोचेअनुरुप खेल्न सकेनन्। फिटनेसमा पनि हाम्रो केहि समस्या रहेको छ।’
उनले वैकल्पिक खेलाडीहरुको प्रदर्शनमा पनि सन्तुष्ट रहेको जनाए। ‘हामीले आज ५ वैकल्पिक खेलाडीलाई मौका दिएका थियौं। त्यसमा विश्वास श्रेष्ठ र पुजन उपरकोटीको प्रदर्शन देखेर म सन्तुष्ट छु। हामीले युएईमा ५ दिनको अन्तरालमा ३ खेल खेल्नुछ। उनीहरुको अनुभवले प्रतियोगितामा थप सहयोग मिल्नेछ।’
उनले नेपाल कठिन समूहमा रहेकाले यस खेलमा प्राप्त गरेको अनुभव र प्रशिक्षणमा गरेको मेहेनतको भरपुर उपयोग गर्ने बताए। नेपाल एएफसी यू२३ च्याम्पियनसिपको छनोटमा समूह ‘डी’मा रहेको छ। नेपालको समूहमा आयोजक युएईसँगै लेबनान र उज्बेकिस्तान रहेका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]