8 years ago
July 12, 2017
एजेन्सी – रियल म्याड्रिड र बायर्नबीच खेलाडी किनबेच हुनु एकदम कम सम्भावना रहने गर्दछ। दुवै टोलीमा उत्कृष्ट खेलाडीको आवश्यकता पर्ने हुनाले एक क्लब बाट अर्कोमा खेलाडी गएको बिरलै देख्न पाइन्छ। यसै साता हामेस रोड्रीग्वेज रियलबाट बायर्न तर्फ लागे। यसो गर्ने उनि सातौं खेलाडी थिए।
सन् १९७४/७५मा पल ब्रेटनरलाई रियल म्याड्रिडले बायर्न म्युनिखबाट खरिद गरेको थियो। त्यसको २२ वर्षपछि रियलले ब्राजिलियन मिडफिल्डर जे रोबर्टोलाई जर्मनीबाट स्पेन ल्यायो। तर, चोटका कारण राम्रो प्रदर्शन गर्न नसकेपछि उनि केहि वर्षपछि पुन: बायर्न फर्किए।
सन् २००९/१०मा आर्जेन रोबेनलाई म्याड्रिडबाट बायर्न ल्याउन म्युनिखले २४ मिलियन युरो खर्चेको थियो। त्यसपछि मिडफिल्डर हामिट आल्टिनटप पनि बायर्नबाट रियलतर्फ लागेका थिए। युवा अवस्थामै टोनी क्रुसले बायर्न छाडेर रियल आएको ३ वार्स पुगिसकेको छ। उनले रियल आएर २ पटक च्याम्पियन्स लिग उपाधि पनि जितिसकेका छन्।
गत सिजन खेलजीवन बाट सन्न्यास लिएका मिडफिल्डर जाबी अलोन्सो पनि रियलबाट बायर्न आएका हुन्। बायर्नमा रहेर थुप्रै उपाधि जितेका प्लेमेकरले मे महिनामा सन्न्यास लिएका थिए।
खेलाडीसँगै प्रशिक्षक कार्लो एन्चेलोटि र जुप हाइङ्कसले पनि दुवै क्लबबाट प्रशिक्षणको जिम्मा सम्हालेका छन्। हाइङ्कसले दुवै क्लबबाट च्याम्पियन्स लिग उपाधि जित्न सफल रहका थिए। यता कार्लोले भने बायर्नमा रहेर क्वार्टरफाइनलबाट अर्को चरण पुग्ने बाँकी छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]