8 years ago
July 12, 2017
लण्डन (एजेन्सी ) – धेरै मानिसले इन्स्टाग्रामलाइ एक सामाजिक सञ्जालको रुपमा मात्र हेरेका छन् तर सेलिब्रिटीलाइ यो पैसा कमाउने माध्यम पनि बनेको छ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा प्रायोजित सामाग्री पोष्ट गरेर सर्वाधिक रकम असुल्ने पुरुष हुन् भने सर्वाधिक कमाउनेमा उनि तेस्रो स्थानमा छन्।
माथी देखाइएको जस्तो प्रायोजित सामाग्रीको इन्स्टाग्राम मार्फत प्रचार गर्न रोनाल्डोले प्रति पोस्ट ३ लाख ८ हजार पाउण्ड लिने गरेका छन्। यो रकम एक स्टार फुटबल खेलाडीको १ साताको तलब भन्दा धेरै हो।
त्यस्तै रोनाल्डो भन्दा धेरै कमाउनेमा गायिका सेलेना गोमेज र किम कार्डिसन रहेका छन्। सेलेनाले प्रति पोस्ट ४ लाख २४ हजार पाउण्ड लिन्छिन भने कार्डिसनले ३ लाख ८५ हजार लिने गरेकी छिन्।
रोनाल्डो बाहेक शिर्ष १० मा पर्न सफल अर्का खेलाडी बास्केटबलका लेब्रन जेम्स हुन्। उनले प्रति पोस्ट ९२ हजार पाउण्ड लिने गरेका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]