8 years ago
July 12, 2017
एजेन्सी – बार्सिलोना एवं युभेन्टसका पूर्व खेलाडी ड्यानी आल्भेसले म्यानचेस्टर सिटीको प्रस्ताबलाई नकार्दै फ्रान्सेली टोली पेरिस सेन्ट जर्मन (पिएसजी) सँग २ वर्षको सम्झौता गरेका छन्। सिटिले आल्भेससँग सहमति गरेर फर्केपनि पिएसजीले सिटीले दिएको भन्दा दोब्बर धेरै तलब दिने भएपछि सिटी पछि हटेको थियो।
युभेन्टसबाट अनुबन्धन समाप्त भएसँगै फ्री एजेन्ट रहेका आल्भेसले २ वर्षको सम्झौता बापत २५ मिलियन पाउण्ड बराबरको तलब लिनेछन्। यो सिटीले प्रस्ताब गरेको १ लाख २५ हजार पाउण्ड प्रतिसाता भन्दा दोब्बर रकम हो। ३४ वर्षीय डिफेन्डर आल्भेसलाई बुधबार एक कार्यक्रमबीच मिडिया र समर्थकसामु प्रस्तुत गरिने भएको छ।
यसअघि म्यानचेस्टर सिटी र प्रशिक्षक पेप गुआर्डीओलाले आल्भेससँग भेटेर सहमति जनाएपनि अन्तिम समयमा पिएसजीको मोटो रकमको सम्झौतामा आल्भेसले हस्ताक्षर गर्न राजी भए। पछिल्लो पटक बार्सिलोनामा सँगै काम गरेका आल्भेस र गुआर्डीओलाबीच यस घटनाले चिसोपना बढ्ने पक्का छ।
आल्भेसले नकारेसँगै सिटीले अब आफ्नो ध्यान अन्य खेलाडीतर्फ मोडेको छ। उसले टोटेनहम हट्स्परका काइल वाल्करलाई आफ्नो मुख्य दाबेदारको रुपमा हेर्दै आएको छ। यद्दपी वाल्करलाई भित्र्याउन भने सिटीले मोटो रकम तिर्नुपर्ने हुन्छ।
सिटीले यसै सिजन २ नयाँ खेलाडीलाई भित्र्याइसकेको छ। पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भा र ब्राजिलका गोलरक्षक एडरसनले गत सिजनको अन्त्यसँगै सिटि आउने पक्का गरेका थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]