default_image

8 years ago

July 13, 2017

युएईमा नेपाल यू२३ फुटबल टोलीको खेलहरु कहिले ?

180 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीबिहिबार युएई प्रस्थान गरेको छ । समुह डी मा परेको नेपालले जुलाईको १५ तारिकमा छनोट चरणको पहिलो खेल खेल्दै छ ।

नेपालको टोलीमा आयोजक युएई , उज्बेकिस्तान लेबनान छ । समुह चरणको पहिलो खेलमा नेपालले जुलाई १५ मा घरेलु टोलीको सामाना गर्नेछ । स्थानिय समय अनुसार ६ बजेर २५ मिनेटमा खेल सुरु हुनेछ ।

त्यस्तै नेपालले १७ तारिकमा उज्बेकिस्तानको सामना गर्नेछ भने १९ तारिक समुहको अन्तिम खेलमा लेबनान र नेपाल आमने सामने हुनेछन् । सम्पूर्ण खेलहरु अल इन स्थित तहनन बिन मोहम्मद रंगशालामा हुनेछ ।

नेपाली समय सहितको खेल तालिका  

fixture

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.