default_image

8 years ago

July 14, 2017

‘रोनाल्डोले ब्यालन डी’ओर जित्छन्’ – बार्सिलोनाका जेरार्ड पिके

188 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिकेले यस वर्षको ब्यालन डी’ओरको उपाधि रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जित्ने अभिव्यक्ति दिएका छन्। उनले कतारी च्यानलसँगको अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन्।

रोनाल्डोले व्यक्तिगत रुपमा टोलीलाई ठुलो सफलता हात पर्न सहयोग गरेका हुनाले उनले उपाधि जित्नेमा शंका नरहेको बताए। ‘ रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिते। त्यसैले यस उपाधिका लागि उनि हकदार खेलाडी हुन्।’

उनले इतिहासलाई हेर्ने हो भने मेस्सी अरुभन्दा अब्बल रहेको पनि बताए। ‘लियोनेल मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्। त्यसपछि मात्र अरु खेलाडीको नाम आउन सक्छ।’

रियल म्याड्रिडका डिफेन्डर एवं कप्तान सर्जियो रामोससँगको उनको सम्बन्धबारे पनि पिकेले खुलेर बोले। ‘बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धा निकै ठुलो रहेको छ। रामोसले सधैं म्याड्रिडको पक्षमा बोल्छन भने मा बार्सिलोनाको समर्थन लिएर बोल्छु। तर राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दा हामी एकजुट भएर मैदानमा उत्रने गर्दछौं।’

म्याड्रिड र बार्सिलोना प्रि-सिजन अन्तर्गतको खेलमा जुलाईको अन्तिम सातामा एकआपसमा भिड्दैछन्। उक्त खेलमा क्रिस्टियानो रोनाल्डो भने उपस्थित हुने छैनन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.