8 years ago
July 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त राज्य ईमिरेट्स (युएई) पुगेको नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीले शनिबार हुने पहिलो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ।
नेपालको टोलीमा आयोजक युएईसँगै उज्बेकिस्तान र लेबनान रहेका छन् । समुह चरणको पहिलो खेलमा स्थानिय समय अनुसार साँझ ६ बजेर २५ मिनेटमा हुनेछ। नेपाली समयानुसार खेल रातको ८ बजेर १० मिनेटमा सुरु हुनेछ।
प्रतियोगितामा सहभागी ४० टोलीलाई १० समुहमा विभाजित गरिएको छ। प्रत्यक समूहका शीर्ष टोली र समग्रमा ५ उत्कृष्ट उपविजेता टोलीले सन् २०१८को जनवरीमा चिनमा हुने एएफसी यु-२३ च्याम्पियन्ससिपमा सहभागिता जनाउने छन्। आयोजक राष्ट्र चिन स्वोत: छनोट भएको अवस्थामा छैटौं उत्कृष्ट उपविजेता टोली पनि प्रतियोगिताको लागि छनोट हुनेछ।
खेलको जानकारी – युएई यू२३ विरुद्ध नेपाल यू२३
खेल हुने मिति – २०७४ असार ३१ गते, शनिबार
खेल समय – नेपाली समय अनुसार बेलुकी ८ बजेर १० मिनेटमा सुरु हुने
खेल मैदान – युएईको अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशाला
लाइभ कसरि हेर्ने – हाम्रो खेलकुदको फेसबुक पेजमा लाइभ आउने
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]