default_image

8 years ago

July 15, 2017

नेपालले संयमता अपनाउने

134 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली हाल संयुक्त राज्य ईमिरेट्स (युएई)मा रहेको छ। सन् २०१८मा हुने प्रतियोगिताको अन्तिम चरणमा प्रवेश पाउन नेपाली टोलीले कठिन समूहमा रहेर प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा बोल्दै नेपाली टोलीका प्रशिक्षक राजु काजी शाक्यले नेपाली टोलीले एक महिना तयारीका बाबजुद पनि राम्रो प्रदर्शन गर्ने आशा राखेको बताए। ‘हामीले १ महिना प्रशिक्षण गरेर पनि मैत्रीपूर्ण खेलमा बंगलादेशलाई १-०ले हराउन सफल रह्यौं। उक्त जितसँगै युवा टोलीमा थप लड्न सक्ने क्षमताको प्रस्फुटन भएको छ।’

उनले बंगलादेशको तुलनामा अहिलेका प्रतिद्वन्द्वी राम्रो भएकाले टोलीलाई केहि काटिन हुने स्वीकारे। ‘हाम्रो समूहमा युएई, उज्बेकिस्तान र लेबनान छन्। उनीहरु कठिन प्रतिद्वन्द्वी पक्कै हुन् तर हामी प्रत्यक खेलमा संयमता अपनाएर जितको लक्ष्यसहित मैदानमा उत्रनेछौँ।’

नेपाल र युएईबिचको खेल शनिबार नेपालीसमयानुसार रातको ८:१० बजे सुरु हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.