default_image

8 years ago

July 15, 2017

युएई विरुद्ध नेपालको सम्भावित सुरुवाती ११

93 views

0 Bookmark

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएई को सामना गर्दैछ नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्

प्रशिक्षक राजु काजी शाक्यले बंगलादेश विरुद्ध उत्रिएको टोलीबाट एक वा दुइ परिवर्तन गर्ने सम्भावना रहेको छ राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा सबै १० खेलाडीले सुरुवात गर्ने सम्भावना छ। लेफ्ट ब्याकमा अमित तामाङ र कमल श्रेष्ठमा एक खेलाडीले खेल्नेछन्। बंगालदेश विरुद्धको पछिल्लो खेलमा कमल बिरामी परेकाले उपस्थित थिएनन्।

यता, मिडफिल्डमा हेमन्त र हेमनको उपस्थितिले डिफेन्सिभ रुपमा कमजोर हुने कारणले प्रशिक्षकले परिवर्तन गर्ने सम्भावना उत्तिकै छ। बंगलादेश विरुद्धको खेलमा सुरुवातमा खेलेका हेमन र हेमन्तको जोडीले मिडफिल्ड सम्हाल्न सकेको थिएन। तर पुजनको आगमनले टोलीमा केहि स्थिरता देखिएको थियो।

गोलरक्षक: एलन न्यौपाने

डिफेन्स: दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – कमल श्रेष्ठ/अमित तामाङ

मिडफिल्ड: सुमन लामा – हेमन गुरुङ/पुजन उपरकोटी – हेमन्त थापा मगर – सुनिल बल

फरवार्ड: बिमल घर्ती मगर – अन्जन बिष्ट

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.