8 years ago
July 15, 2017
म्यानचेस्टर (एजेन्सी)– टोटेनह्यामबाट म्यानचेस्टर सिटी पुगेका कायल वाल्कर सबै भन्दा महंगा डिफेन्डर बनेका छन् । सिटीले टोटेनह्यामलाई वाल्करका लागि ५० मिलियन पाउण्ड खर्चेको छ । विभिन्न ‘एड अन’ साथ सिटी पुगेका वाल्करको रकम ५३ मिलियन सम्म पुग्न सक्ने सम्भावना छ ।
एड अन सहित ५३ मिलियन पाउण्डको मूल्य बराबरका वाल्करले यसघि चेल्सीबाट पिएसजी जाँदा डिभिड लुइजलाई खर्चिएको ५० मिलियन पाउण्डलाई उछिन्दै सबै भन्दा महंगा डिफेन्डर बन्ने सम्भावना बोकेका छन् । त्यस्तै इङ्ल्यान्डका लागि २७ खेल खेलेका वाल्कर सबै भन्दा महंगा इंङ्लिस खेलाडी पनि बनेका हुन् ।
‘मैले टोटेनह्यामबाट धेरै वर्ष खेलेको कारण अहिले सिटी पुग्दा अनौठो लागेको छु ,’ वाल्करले सिटीको आधिकारिक वेभसाइटलाई भने,‘ तर मेरो करियरमा नयाँ सुरुवात हँुदा म खुसी छु । म सिटीमा ट्रफी जित्न चाहन्छु ।’
सिफिल्ड युनाइटेडबाट सन् २००९ मा लन्डनको क्लब पुगेका वाल्करले टोटेनह्याममा ८ वर्ष बिताउने क्रममा २ सय २७ खेल खेलेका थिए । टोटेनह्यामसँग रहदाको अवधिमा उनले क्विन्स पार्क रेन्जर्स , सिफिल्ड युनाइटेड र एस्टन भिल्लाबाट लोनमा खेले ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]