default_image

8 years ago

July 15, 2017

सेमेडो बार्सिलोनामा आबद्ध

143 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगलको राष्ट्रिय टोलीको सदस्य डिफेन्डर नेल्सन सेमेडोलाई ३० मिलियन पाउण्ड खर्च गरेर अनुबन्धन गरेको छ। अहिलेसम्म ६ पटक राष्ट्रिय टोलीको जर्सी पहिरिएका सेमेडोले कन्फेडेरेसन कपमा पनि सहभागिता जनाएका थिए।

 LLUIS GENE/AFP/Getty Images)

२३ वर्षीय डिफेन्डर सेमेडोले यसअघी बेनफिकाबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए। उनले बार्सिलोनासँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। उनको आगमनसँगै बार्सिलोनाले नयाँ सिजनका लागि ३ खेलाडीलाई भित्र्याएको छ। यसअघी बार्साले विङ्गर डेउलेफेउ र डिफेन्डर मार्लोनलाई भित्र्याइसकेको छ।

बार्सिलोनाले यसअघि आर्सनलका डिफेन्डर हेक्टर बेल्लेरिनलाई क्लबमा फिर्ता ल्याउने प्रयास गरेपनि असफल रहेको थियो। युवा अवस्थामा बार्सा छाडेर आर्सनल पुगेका बेल्लेरिनलाई आर्सनलले कुनै हालतमा बिक्री नगर्ने प्रष्ट पारेपछि बार्साले सेमेडोलाई क्लबमा अनुबन्धित गरेको हो।

सेमेडोले बार्सिलोनाको टोलीसँग सोमबारबाट प्रशिक्षण थाल्नेछन्। उनले क्लबको प्रि-सिजन खेलमा डेब्यु गर्ने सम्भावना रहेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.