8 years ago
July 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो पहिलो खेल युएईविरुद्ध खेल्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालले चर्को गर्मीमा घरेलु टोलीको सामना गर्नेछ।
प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्धको खेलको लागि आफ्नो सुरुवाती ११को घोषणा गरिसकेका छन्। प्रशिक्षक शाक्यले मंगलबार बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलमा सुरुवात गरेकै टोलीलाई मैदानमा उतारेका छन्। उक्त खेलमा भएका केहि कमजोरी सुधार्न टोलीले नेपालमा १ दिन र युएईमै २ दिन प्रशिक्षण पनि गरिसकेको छ। नेपाली टोलीले बंगलादेशविरुद्धको खेलमा १-०को जित हासिल गरेको थियो।
टोलीमा गोलरक्षकको भूमिका एलन न्यौपानेले निभाउने छन् भने डिफेन्सको सेन्टर जिम्मेवारी अनन्त तामाङ र गौरब बुढाथोकीले सम्हाल्नेछन्। अमित तामाङ लेफ्ट डिफेन्समा छन् भने दिनेश राजवंशी राइट ब्याक पोजिसनमा तैनाथ छन्। पछिल्लो खेलमा केहि फितलो प्रदर्शन गरेका सेन्टर मिडफिल्डर हेमन गुरुङ र हेमन्त थापा मगरमाथि आज ठुलो जिम्मेवारी छ। यी दुवै खेलाडीले अन्तर्राष्ट्रिय स्तरको उमेर समुहको प्रतियोगितामा प्रचुर अनुभव बटुलेर सिनियर राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन्।
विङ्गरको भूमिकामा सुनिल बल र सुमन लामा रहेका छन्। टोलीमा रहेका दुवै विङ्गर छिटो र छरितो छन् र कुनैपनि समय गोलरक्षकको लागि कठिनाई उत्पन्न गर्न सक्छन। तर नेपालले आज केहि रक्षात्मक खेल खेलेको खण्डमा दुवै खेलाडी तल झरेर डिफेन्सलाई सहयोग गर्न तल्लिन हुनेछन्। दुवै खेलाडी राइट र लेफ्ट पोजिसनमा खेल्न सक्षम छन्।
आक्रमणमा नेपालको लागि कप्तान विमल घर्ती मगर र अन्जन बिष्ट रहनेछन्। अनुभवको आधारमा नेपालको सबैभन्दा बलियो पाटो आक्रमण नै हो। राष्ट्रिय टोलीमा समेत निरन्तर पहिलो रोजाईमा परिरहेका यी दुई खेलाडीले पाएको अवसर चुकाउनु नेपालको लागि घातक सावित हुनेछ। अन्जन केहि ताका झरेर सपोर्टिङ स्ट्राइकरको भूमिकामा देखिनेछन् भने कप्तान विमल मुख्य स्ट्राइकर रहने अपेक्षा गरिएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]