8 years ago
July 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – नेपाली यू -२३ टोलीले संयुक्त अरब ईमिरेट्स (युएई) को अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा आज नेपाली समय अनुसार ८ बजेर १० मिनेटमा घरेलु टोली युएईको सामना गर्दै छ । एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको पहिलो खेल खेल्दै गरेको नेपालले अन्य खेलहरुमा उज्बेकिस्तान र लेबनानको सामना गर्नेछ ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेल संयुक्त राज्य ईमिरेट्सको दुबई स्पोर्ट्स टिभीले प्रतक्ष्य प्रसारण गरेपनि नेपालमा उक्त च्यानलको प्रसारण नहुने हुनाले नेपालमा रहेका समर्थकहरुले खेल अनलाइन मार्फत हेर्नु पर्ने हुनेछ ।
विभिन्न अनलाइन स्ट्रिमिङ मार्फत खेल हेर्न सकिने भएपनि हाम्रो खेलकुदको नियमित पाठकहरुको सहजताको लागि खेल समयमा दुबई स्पोर्ट्स टेलिभिजनको प्रसारण हाम्रो खेलकुदको फेसबुक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण हुनेछ । समर्थकहरुले फेसबुकमा हाम्रो खेलकुद डट कमको पेज लाइक गरेर खेल हेर्न सक्नुहुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]