8 years ago
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-०ले पराजित गरेको छ।
रोहितले खेलको १८औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। सिजनको १३औं खेल खेलिरहेका रोहितको क्लबका लागि यो दोश्रो गोल हो। यसअघी अरिमा एफसी विरुद्ध २-०को जितमा पनि रोहितले गोल गरेका थिए।
जितसँगै रोहितको टोली अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ। पर्सिजाले १५ खेलमा ६ जित, ६ बराबरी र ३ हारसहित २४ अंक जोडेको छ। शीर्षस्थानमा रहेको पीएसएमको २७ अंक रहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]