8 years ago
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-० ले पराजित गरेको छ।
रोहितले खेलको १८ औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो।
पर्सिजाले १५ खेलमा ६ जित, ६ बराबरी र ३ हारसहित २४ अंक जोडेको छ। शीर्षस्थानमा रहेको पीएसएमको २७ अंक रहेको छ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]