default_image

8 years ago

July 17, 2017

नेपाल विरुद्ध उज्बेकिस्तान – लाइभ कसरी हेर्ने ?

122 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको खेलहरु खेल्दै गरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ । संयुक्त अरब ईमिरेट्स (युएई) को अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकाको ८:१० मा सुरु हुन्छ ।

संयुक्त अरब ईमिरेट्सको दुबई स्पोर्ट्स टिभीले स्थनिय समय बेलुका अनुसार ६:२५ प्रत्यक्ष प्रसारण गरेपनि नेपालमा उक्त च्यानलको प्रसारण नहुने हुनाले नेपालमा रहेका समर्थकहरुले खेल अनलाइन मार्फत हेर्नु पर्ने हुनेछ ।

विभिन्न अनलाइन स्ट्रिमिङ मार्फत खेल हेर्न सकिने भएपनि हाम्रो खेलकुदको नियमित पाठकहरुको सहजताको लागि खेल समयमा दुबई स्पोर्ट्स टेलिभिजनको प्रसारण हाम्रो खेलकुदको फेसबुक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण हुनेछ । समर्थकहरुले फेसबुकमा हाम्रो खेलकुद डट कमको पेज लाइक गरेर खेल हेर्न सक्नुहुनेछ ।

आजको दोस्रो खेलमा घरेलु टोली युएईले लेबनानको सामना गर्नेछ । दोस्रो खेल स्थानीय समय अनुसार बेलुकी ९:१५ (नेपाली समयानुसार रातको ११ बजे) सुरु हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.