default_image

8 years ago

July 18, 2017

पूर्व राष्ट्रिय खेलाडी वसन्तको एकेडेमी खोल्ने सपना

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन यसपटक फरक उद्देश्यका साथ केहि दिनका लागि स्वदेश फर्केका छन् । जापानमा व्यवसायिक रुपमा फुटबल प्रशिक्षकका रुपमा काम गर्दै आएका वसन्त यसअघि उनी कार्यरत फनरुट्स एकेडेमीले आयोजना गर्ने कोपा पुमा तोरेरस कपमा नेपाली खेलाडी सम्मिलित टोलीको सहभागिताका लागि खेलाडी छनोटका क्रममा आउने गर्थे ।

उनको पहलमा नेपालका खेलाडीले दुईपटक तोरेस कपमा भाग लिएर फर्किसकेका छन् । तर, यसपटक भने आफ्नो जन्मथलो पोखरामा एकेडेमी सञ्चालन गर्ने उद्देश्यका साथ सम्भाव्यता अध्ययनका लागि आएका हुन् । दुई दिन पोखरा बेसर उनी काठमाडौं फर्किसकेका छन् ।

फुटबलकै कारण चर्चा र अवसर पाएको भन्दै वसन्त बाँकी जीवन पनि फुटबलमै रहने बताउँछन् । ‘लामो समय राष्ट्रिय टोलीबाट खेले । त्यसपछि कोचिङ कोर्स गरे । अहिले जापानमा पनि फुटबल प्रशिक्षककै रुपमा कार्यरत छु,’ झन्डै एक दशक नेपाली राष्ट्रिय टोलीबाट खेलेका ३६ बर्षे उनले भने,‘ भविष्यमा नेपाल नै फर्केर काम गर्ने हो । तर त्यसको लागि अझै केही बर्ष लाग्न सक्छ । त्यसअघि नै एकेडेमी स्थापना गर्ने सोचमा म पुगेको छु । पहिलो चरणमा जन्मथलो पोखरामा खोल्ने योजना छ । राम्रो भयो भने अन्य ठाँउमा पनि विस्तार गर्न सक्छौं ।’

वसन्तको योजनामा साथ दिन र सडक बालबालिकाको विश्व कपमा सहभागी हुने नेपाली टोली तयारीमा जुटेको सेल्टर आश्रय नेपाललाई फुटबल बुट र बल हस्तान्तरण गर्न फनरुट्स एकेडेमीका अध्यक्ष जोन हिरानो नेपाल आएका छन् ।

एकेडेमीको सबै योजना सार्वजनिक गर्न नचाहेपनि वसन्तले उमेर समूहका खेलाडीहरुलाई लक्षित गरेर एकेडेमी सञ्चालन गर्ने भने करिब निश्चित भएको बताए । ‘हामी जति सक्दो छिट्टो एकेडेमी सुरु गर्ने पक्षमा छौं । हामीले पोखरामा एक दुई ठाँउ जग्गा पनि हेरिसकेका छौं । यो विषयमा जापान पुगेर थप छलफल छौं,’ लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट लामो समय घरेलु फुटबलमा छाउन सफल उनले योजना सुनाए,‘नेपाल र जापानको फुटबललाई जोड्ने पुलको काम गर्नका लागि पनि हामीले एकेडेमी सुरु गर्न लागेका हौं । भविष्यमा नेपालका खेलाडीलाई जापानको एकेडेमीमा वा क्लबमा लान सक्ने वातावरण तयार पार्नु पनि हाम्रो लक्ष्य हो ।’

सन् २००९ मा एएफसी फ्युचर कोचिङ कोर्समा अवसर पाएयता वसन्त पूर्ण रुपमा प्रशिक्षणमा आबद्ध भएका छन् । २०१३ मा बी लाइसेन्स लिएका उनले युरोपमा पनि एडभान्स कोर्स गरिसकेका छन् । जापानमा झन्डै साढे दुई बर्ष स्वयम् सेवक प्रशिक्षकका रुपमा काम गरेपछि उनले व्यवसायिक प्रशिक्षकका लागि मौका पाएका थिए । पछिल्लो दुई बर्षयता उनी फनरुट्स एकेडेमीको प्रशिक्षक हुन् ।

उनले भने,‘म अहिले एकेडेमीको मुख्य प्रशिक्षक हु । स्कुुल टिमलाई पनि प्रशिक्षण दिन्छु ।’ सेल्टर नेपाललाई बल हस्तान्तरण गर्ने कार्यक्रममा फनरुट्सका अध्यक्ष हिरानोले पनि वसन्तको खुलेर प्रसंसा गरे । ‘बसन्त निकै स्तरीय प्रशिक्षक हुन्,’ उनले भने,‘त्यसकारण उनी हाम्रो एकेडेमीको मुख्य जिम्मेवारीमा छन् ।’

ए लाइसेन्स कोचिङ कोर्स पुरा गर्ने योजनामा रहेका वसन्त पछि भने स्वदेश नै फर्कने बताउँछन् । ‘खेल्ने समयमा खेलियो । अब आफुलाई राम्रो प्रशिक्षकमा रुपमा स्थापित गर्न एकचरणका कोर्स पुरा भयो । अब अर्को कोर्स गर्ने चाहना छ,’ काठमाडौंमा १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेलाडी घोषित उनले भने,‘तत्काल नेपाल फर्कने योजना छैन । तर भविष्यमा त आफ्नै देश फर्कने र यहाँको फुटबल विकासमा जुट्ने नै हो । स्वदेश फर्कनुअघि फुटबलमा अझै केहि सिकौं भन्ने छ । प्रशिक्षण मात्र होइन व्यवस्थापन पनि हामीले सिक्न त्यत्तिकै आवश्यक छ ।’

अहिले नेपाली फुटबलबाट अलग्गै जस्तो देखिएपनि भविष्यमा नेपाली फुटबलको युवा टोलीलाई प्रशिक्षण दिने आफ्नो सपना रहेको पनि वसन्तले लुकाएनन् । ‘मैले जति पनि जान्ने र सिक्ने अवसर पाए । अन्तमा त्यो नेपाली फुटबलका लागि नै फाइदा हो । हामी जहाँ रहेपनि देशको फुटबल प्रतिको माया हुन्छ नै,’ उनले सुनाए,‘ कुनै दिन नेपालीको युवा परियोजना हेर्ने अवसर पाए भने म त्यो काम पक्कै गर्नेछु ।’

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.