10 years ago
November 16, 2015
कार्तिक ३० गते, काठमाडौं ।
घुँडाको चोटका कारण राष्ट्रिय फूटबल टिममा भरपर्दा फरवार्ड भरत खवासले डिसेम्बरमा हुन् साफ च्याम्पिएनशिप खेल्न नसक्ने भएका छन्|
नेपाल र भारत बिच गत अगष्टमा खेलिएको मैत्रिपुर्ण खेलको प्रशिक्षणमा चोट बोकेका भरतले चोटका बावजुद भारतमा खेलेका थिए| त्यसलगत्तै राष्ट्रिय लिगमा पनि आर्मीका लागि उनले धेरै खेल खेले| कतिपय खेलमा पहिलो हाफमै निस्किएका उनलाई आराम गर्न दिइएको थिएन|
राष्ट्रिय टोलीको प्रशिक्षणमा विगत एक महिनादेखि प्रशिक्षणरत खवासलाई पुन: घुँडामा समस्या देखिएपछि एम.आर.आई गर्न भनिएको थियो| रिपोर्टका अनुसार उनको घुँडाको शल्यक्रिया गर्नु पर्ने देखिएको र सो गरे कम्तिमा सात महिना विश्राम लिनुपर्नेछ|
अनुभवी खेलाडीको कमी रहेको अवस्थामा यो चोटले टोलीलाई धक्का पुगेको छ| २७ जनाको लिष्टमा समावेश पाँच फरवार्ड मध्य एक खवास अब साफका लागि टोलीमा हुनेछैनन्|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]