8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – उज्वेकिस्तानसँग हार व्येहोरेसँगै नेपालको एएफसी यू२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको हो।
नेपालले खेलको दुवै हाफमा १/१ गोल खाएको थियो। खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए।
८०औं मिनेटमा उज्बेकिस्तानका गानिएभ अजिजोनले उत्कृष्ट वन टु पासको मुभ बनाउँदै उज्वेकिस्तानको अग्रता दोब्बर पारेका थिए। उनले नेपालको डी-बक्सको ठिक बाहिरबाट कप्तान जाबीखिल्लोसँग पास खेल्दै फिर्ती पास भने बक्स भित्र लिएर गोलरक्षक एलन न्यौपानेलाई बिट गरेका थिए।
उज्वेकिस्तान २-०को जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। कुनै अंक जोड्न नसकेको नेपाल भने पुछारमै अड्केको छ। सोमबार हुने दोश्रो खेलमा घरेलु टोली युएई र लेबनान भिड्दैछन्। समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार लेबनानको सामना गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]