default_image

8 years ago

July 18, 2017

नेपाल विरुद्ध लेबनान – खेलको जानकारी

133 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले लेबनानको सामाना गर्दैछ। पहिलो दुइ खेलमा पराजय भोगेको नेपाललाई बुधबारको खेलमा प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर मिल्नेछ।

पहिलो खेलमा युएईसँग ५-० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेपनि ताजिकिस्तानसँग २-० ले हार व्येहोरेको थियो। यसअघीको दुवै खेल गुमाएको लेबनानपनि अन्तिम खेलमा जितको खोजीमा हुनेछ । पहिलो खेलमा उज्बेकिस्तानसँग ३-१ ले हारेको लेबनानले दोस्रो खेलको अन्तिम समयमा पेनाल्टी मार्फत गोल खादै १-० को हारमा चित्त बुझाएको थियो ।

पहिले दुई खेलमा नेपाली समयानुसार रातीको ८:१० मा खेलेको टोलीले अन्तिम खेल रातीको ११ बजे खेल्नेछ । बुधबारको पहिलो खेलमा आयोजक युएईले उज्बेकिस्तानको सामना गर्नेछ।

खेलको जानकारी – युएई यू२३ विरुद्ध नेपाल यू२३

खेल हुने मिति                   – २०७४ श्रावण ४  गते, बुधबार

खेल समय                       –  नेपाली समय अनुसार बेलुकी ११ बजे सुरु हुने (स्थानीय समय : ८ : २५ )

खेल मैदान                       – युएईको अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशाला

लाइभ कसरि हेर्ने              – हाम्रो खेलकुदको फेसबुक पेजमा लाइभ आउने

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.