8 years ago
July 18, 2017
ललितपुर (हाम्रो खेलकुद)– कोका कोला अन्तरविद्यालय फुटबलको उद्घाटन खेलमा डिएभी स्कुल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारको उद्घाटन खेलमा डिएभीले ड्रिम ल्यान्डलाई २–० ले हराएको थियो । अनन्य पराजुली र नायव हुसेनको गोलमा डिएभीले पहिलो खेलमा जित दर्ता गराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य ४४ जिल्लाका १ हजार ५ सय विद्यालयले अन्तरविद्यालय फुटबल प्रतियोगितामा भाग लिएको एन्फाले जनाएको छ । विगतमा जस्तै यो पटक पनि जिल्ला, क्षेत्र र केन्द्रमा गरि तीन चरणमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा छात्र र छात्राको अलग अलग प्रतियोगिता हुनेछ ।
छात्र र छात्रा दुवैतर्फको विजेता टोलीले ३ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षक घोषित गरि जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १ करोड भन्दा बढी खर्च हुने प्रतियोगितामा मुख्य प्रायोजक कोका कोलाले ५० लाख रुपैयाँ एन्फालाई दिने बताइएको छ । प्रतियोगिताका लागि सरकारले २० लाख रुपैयाँ प्रदान गर्नेछ ।
उप राष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका थिए । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले २०६२ सालबाट सुरु भएको अन्तरविद्यालय फुटबलले नेपाली फुटबल विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘ कोका कोला कपले ग्रासरुट फुटबल विकासमा सहयोग पुर्याएको छ’ उनले भने, ‘विकासको योजनामा सहयोग पुर्याउने कोका कोला र सरकारलाई धन्यवाद दिन चाहन्छौं ।’
बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले कोका कोला र नेपाली फुटबलबीच लामो समयदेखि सहकार्य रहेको स्मरण गर्दै भने, ‘कोका कोला कपमार्फत आउने प्रतिभाले राष्ट्रिय टोलीबाट समेत प्रतिनिधित्व गर्न सफल भएकोमा हामीलाई गर्व लाग्छ ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]