कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ ।
संगै थापा लाइ २०,००० स्विस फ्रैंक जरिमाना लगाईएको छ ।
सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो ।
गणेश थापा संगै लाओसका अध्यक्ष पनि कारबाहीमा परेका छन् ।