8 years ago
July 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोटर्सले धिवेही प्रिमियर लिग (डिपिएल) मा प्रिमियर लिगमा स्थान सुरक्षित गरेको छ ।
गए राती भिक्ट्री स्पोर्टस क्लबलाई ४–१ ले हराउँदै किरणको टोली टिसी स्पोटर्सले डिपिएलमा स्थान पक्का गरेको हो । टिसी स्पोर्टस्सँगै नयाँ टोली ग्रिन स्ट्रिट पनि डिपिएलका लागि छनोट भएको छ ।
इगल्स क्लबलार्य १–० ले हराउँदै ग्रिन स्ट्रिटले २७ अंकका साथ शीर्षस्थानमा उक्लेको छ । समान २६ अंकका साथ माजिया र न्यू रेडियन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यी दुईबीच हुने खेलले माले लिगको च्याम्पियन टुंगो लाग्नेछ । १४ खेलमा २२ अंकसहित किरणको टोली भने चौथो स्थानमा रहँदै डिपिएलमा छनोट हुन सफल भयो ।
किरणका अनुसार मालेबाट शीर्ष ४ र माल्दिभ्सकै अर्को ठाँउबाट छनोट हुने ४ टोलीबीच डिपिएल हुनेछ । ‘पहिलो चरण हामीले राम्रो गर्न सकेनौं । दोस्रो चरणमा भने प्रदर्शनमा निकै सुधार गर्यौं । जसका कारण हामी डिपिएलमा छनोट हुन सफल भयौं’ हाम्रो खेलकुद डटकमसँग खुसी साट्दै किरणले भने, ‘क्लब पनि मबाट एकदम खुसी छ । उनीहरु लामो समय क्लबमै बस्नु पर्छ भन्दैछन् । ’
किरण गत वर्ष टिसी स्पोर्टसमा आबद्ध भएका थिए । क्लबमा आबद्ध भएर पहिलो प्रतियोगिता बंगलादेशमा शेख कमाल गोल्ड कप जिताउन किरणले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]