default_image

8 years ago

July 20, 2017

यू२३ फुटबल टोली युएईबाट स्वदेश आइपुग्यो

101 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त अरब ईमिरेट्स (युएई)को अल आइनसहर पुगेको नेपाली राष्ट्रिय यू२३ फुटबल टोली स्वदेश फर्किएको छ।

फाइल तस्बिर

फ्लाई दुबईको जहाजबाट साँझ ६:२८ बजे टोली नेपाल आइपुगेको हो। नेपाली टोलीले युएईमा भएको छनोट चरणको प्रतियोगितामा सबै ३ खेलमा पराजय भोगेको थियो। यस नतिजासँगै नेपाल समूहको अंक तालिकाको अन्तिम स्थानमा रहँदै अन्तिम चरणमा पुग्न असफल रह्यो।

नेपालको समूहबाट तिनै खेलमा जित हासिल गरेको उज्वेकिस्तान शीर्ष स्थानमा रहँदै छनोट भयो भने दोश्रो स्थानमा रहेको युएई अन्य समूहको नतिजाको पर्खाइमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.