8 years ago
July 21, 2017
एजेन्सी – बार्सिलोना एवं स्पेनिस राष्ट्रिय टोलीका पूर्व खेलाडी जाभी हर्नान्डेजले लियोनेल मेस्सीलाई फुटबल खेल्ने मेसिनको संज्ञा दिएका छन्। सन् २०१५मा बार्सिलोना छाड्नुअघि सम्म जाभीले मेस्सीसँगै बार्सिलोनाबाट खेलेका थिए।
३० वर्षका मेस्सीलाई विश्वकै सर्वोत्कृष्ट फुटबलर मान्दै आएका जाभीले उनले कुनैपनि खेलाडीको भूमिकामा खेल्न सक्ने पनि बताए। ‘मेस्सी साँच्चै नै अद्भुत छन्। उनले आफु खेल्ने शैलीसँगै मेरो, इनिएस्टा र बुस्केट्सको शैलीमा पनि खेल्न सक्छन। मलाई लाग्छ उनि फुटबल खेल्न बनेका मेसिन हुन् जसमा कुर्कुच्चामा भएको रबरमा बल अड्किन्छ।’
मेस्सीले बार्सिलोनासँग रहेर ८ पटक स्पेनिस लिग उपाधि र ३ पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन्। केहि समय अघिमात्र सन् २०२१सम्मको लागि नयाँ सम्झौता गरेका मेस्सीले अझै धेरै उपाधि जित्ने लक्ष्य राखेका छन्। नयाँ सम्झौता नुसार उनले साताको ५ लाख पाउण्ड कमाउने गरेका छन्।
देशको लागि खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने मेस्सीले राष्ट्रिय टोलीलाई उपाधि दिलाउन नसक्नु सधैं प्रश्न रहँदै आएको छ। यस्तो स्थितिमा उनले सन् २०१८को विश्वकप फुटबललाई आफ्नो मुख्य लक्ष्य लिंदै आएका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]