8 years ago
July 21, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलका भरपर्दा मिडफिल्डर फिलिपे कौटिन्होलाई किन्ने प्रस्ताव गरेपनि लिभरपुलले कौटिन्होलाई कुनै हालतमा नबेच्ने जानकारी गराएको छ।
बार्सिलोनाले कौटिन्होकालागि ७० मिलियन पाउण्डको प्रस्ताव राखेपनि लिभरपुलले ब्राजिलियनलाई नबेच्ने खबर गरेको प्रतिष्ठित बेलायती मिडिया स्काई स्पोर्ट्सले जनाएको हो । हालै जनवरीमा लिभरपुलसँग नया सम्झौतामा पुगेका कौटिन्हो २०२२ सम्मकालागि लिभरपुलसँग आबद्ध छन् । कौटिन्होको सम्झौतामा कुनै पनि ‘रिलिज क्लज’ नभएकाले लिभरपुलले क्लबहरुको प्रस्ताव नस्विकारेसम्म कौटिन्हो लिभरपुलमा बस्ने पक्का छ ।
गत सिजन धेरै जसो वाइड मिडफिल्डमा खेलेका कौटिन्होले ३१ खेलमा लिभरपुलकालागि १३ गोल गर्दै ७ असिस्ट दिएका थिए। रोमाबाट मोहमद सलाहको आगमनसँगै यो सिजन उनी धेरै जसो सेन्टर मिडफिल्डमा देखिने आंकलन गरिएको छ।
सन् २०१३ को जनवरीमा इन्टर मिलान बाट केवल ८.५ मिलियन पाउण्डमा लिभरपुल भित्रिएका कौटिन्होले आफुलाई युरोपको उत्कृष्ट मिडफिल्डरको सुचिमा स्थापित गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]