8 years ago
July 21, 2017
एजेन्सी – इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत संयुक्त राज्य अमेरिकाको टेक्सास सहरमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटिलाई २-०ले पराजित गरेको छ। खेलको दुवै गोल पहिलो हाफमा भएको थियो।
खेलको ३७औं मिनेटमा म्यानचेस्टर युनाइटेडमा भर्खरै भित्रिएका फरवार्ड रोमेलु लुकाकुले गोल गरेका थिए। उनले गोलरक्षक एडरसनलाई छक्याउँदै खाली पोष्टमा गोल गरेका थिए। त्यसको २ मिनेटमै अर्का फरवार्ड मार्कस र्यासफर्डले युनाइटेडको अग्रता दोब्बर पारे। उनले हेनरिक मिखीतार्यानको पासमा बक्सको दायाँतिर बाट गोल गरेका थिए।
दुवै टोलीले आफ्ना मुख्य खेलाडीलाई मैदानमा उतारेका थिए। पहिलोपटक बेलायतबाहिर खेलिएको म्यानचेस्टर डर्बीमा उल्लेख्य संख्यामा समर्थकहरुको उपस्थिति रहेको थियो। म्यानचेस्टर सिटीका लागि काइल वाल्करले यसै खेलमार्फत डेब्यु गरेका थिए।
युनाइटेडले आगामी मंगलबार अर्को मैत्रीपूर्ण खेलमा रियल म्याड्रिडको सामना गर्दैछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]