8 years ago
July 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लगातार दोस्रो पटक इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १४ औं र १५ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् ।
यसअघि १३ औं साताको उत्कृष्टमा पनि उनी उत्कृष्ट ११ मा समेटिएका थिए । यो सिजन पर्सिजा पुगेयता उनी उत्कृष्ट ११ मा परेको त्यो पहिलो पटक थियो । लिगा १ मा २० टोलीको सहभागिता छ । साउन १ गते रोहितकै गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १–० ले हराएको थियो ।
त्यसअघि रोहितको टोलीले ग्रिसिक युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो । सुरुआतमा केहि साता खराब प्रदर्शनका कारण दबाबमा रहेको पर्सिजा पछिल्ला साताहरुमा भने उच्च प्रदर्शन गर्दै आइरहेको छ ।
रोहितको टोली अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । पर्सिजाले १५ खेलमा ६ जित, ६ बराबरी र ३ हारसहित २४ अंक जोडेको छ । शीर्षस्थानमा रहेको पीएसएमको २७ अंक रहेको छ । बुधबार मात्र पर्सिजाले प्रि सिजनका लागि इन्डोनेसिया भ्रमणमा रहेको स्पेनिस क्लब इस्पानियोलसँग मैत्रीपूर्ण खेल खेलेको थियो । रोहितले अन्तिम १२ मिनेट खेलेको उक्त खेलमा पर्सिजा ७–० ले पराजित भएको थियो ।
चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेर गत बर्षमा उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमार्फत फुटबलमा फर्केका थिए । चोटबाट फर्केपछि राष्ट्रिय टोलीमा समेत पुनरागमन गर्दै रोहितले एसियन कप छनोटमा फिलिपिन्स र यमनविरुद्ध खेलिसकेका छन्। मनाङबाट खेल्दा खेल्दै उनी पर्सिजामा आबद्ध भएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]