8 years ago
July 22, 2017
एजेन्सी – आर्सनलका सुपरस्टार विङ्गर एलेक्सिस स्यान्चेज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता गर्न पेरिस पुगेका छन्। आर्सनल छाडेर पिएसजी जाने लगभग पक्का भइसकेको अवस्थामा उनि आफ्नो व्यक्तिगत सर्तहरु बारे छलफल गर्न त्यहाँ पुगेका हुन्।
गत सिजनको अन्त्यसँगै स्यान्चेज आर्सनलमा रहेन वा नरहने भन्ने बारे निकै चर्चा भएपनि अझसम्म उनि प्रशिक्षणमा सामेल नभएकोले उनले क्लब छाड्ने लगभग पक्का भएको बुझिएको हो। म्यानचेस्टर सिटिले पनि स्यान्चेजलाई क्लबमा भित्र्याउने प्रयास गरेको थियो। तर, पिएसजीको प्रस्ताव क्लबले स्वीकार गर्ने बुझिएपछी स्यान्चेज पेरिसको रोयल मोन्केउ होटलमा व्यक्तिगत सम्झौता गर्न पुगेका थिए।
प्रतिष्ठित फ्रेन्च मिडिया क्यानलका अनुसार चिलीका राष्ट्रिय टोलीका सदस्य समेत रहेका २८ वर्षीय स्यान्चेजलाई भित्र्याउन पिएसजीले ४५ मिलियन पाउण्ड खर्चने बुझिएको छ। यद्दपी आर्सनलले औपचारिक रुपमा यसबारे केहि जानकारी दिएको छैन। स्यान्चेजले गत सिजनबाट नै आर्सनल खोज्न चाहेको बुझिएको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]