8 years ago
July 22, 2017
न्यू जर्सी (एजेन्सी) – गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा आमने-सामने भएका बार्सिलोना र युभेन्टस प्रि-सिजनमा इन्टरनेसनल च्याम्पियन्स कपमा भिड्दै छन् ।
२०१३ बाट सुरु मैत्रीपूर्ण मानिएको इन्टरनेसनल च्याम्पियन्स कपले युरोप बाहिरका समर्थकहरुलाई ठूला क्लबहरु खेलेको अनुभव दिने गरेको छ । यस पटक चिन , सिंगापुर र अमेरिकामा हुने कप अन्तर्गत अमेरिकामा भने बार्सिलोना , युभेन्टस , रियल म्याड्रिड , म्यानचेस्टर सिटी र युनाइटेड लगायात पिएसजी , रोमा र टोटेनह्याम खेल्दै छन् ।
युभेन्टस र बार्सिलोना दुवै आफ्नो पहिलो खेल खेल्दैछन । यसअघि पिएसजीले रोमालाई र युनाइटेडले सिटीलाई पराजित गरि सकेको छ ।
अमेरिकामा हुने खेल स्थानीय समय अनुसार जुलाई २२ को साझ ६ बजे सुरु हुनेछ , जुन नेपाली समयानुसार जुलाई २३ बिहान ३ : ४५ हो । नेपालमा खेलको प्रतक्ष्य प्रसारण टेन २ ले गर्नेछ ।
जानकारी
खेल : युभेन्टस – बार्सिलोना
नपाली समय : जुलाई २३ बिहान ३:४५
प्रतक्ष्य : टेन २
बार्सिलोनाको अन्य प्रि-सिजन खेल तालिका नेपाली समयमा हेर्न यहाँ थिच्नुहोस ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]