8 years ago
July 22, 2017
म्यानेस्टर (एजेन्सी)– म्यानेचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले यो सिजन बायर्न म्युनिखबाट रेनाटो सान्चेसलाई भित्र्याउने सम्भावना बढेको छ । एक सिजन मात्र बायर्न बिताएका सान्चेस पनि क्लब छोड्न चाहिरहेको बुझिएको छ ।
सन् २०१६ मा उच्च प्रदर्शन गर्दै गोल्डेन ब्वाइ अवार्ड जितेका पोर्चुगलका युवा प्रतिभा ३० मिलियन युरोमा बेनफिकाबाट बायर्न पुगेका थिए । तर, बायर्नमा उनको यात्रा राम्रो हुन सकेन । उनले बुन्डेसलिगामा १७ खेल खेल्ने मौका पाए । त्यसमा पनि ६ खेलमा मात्र उनी पहिलो ११ मा पर्न सफल भए ।
बायर्नले ४० मिलियन युरोको प्रस्ताव आए सान्चेसलाई बेच्न तयार रहेको र त्यसमा युनाइटेडले इच्छा देखाएको गार्जियनले आफ्नो समाचारमा उल्लेख गरेको छ । तर युनाइटेडले सान्चेसका लागि एसी मिलानसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ ।
नयाँ टोली बनाउने तयारीमा जुटेको मिलानका नजरमा सान्चेस पनि छन् । युनाइेडले यो सिजन बेनफिकाबाट भिक्टोर लेन्डिलोफ र एभर्टनबाट रोमेलु लुकाकुलाई भित्राउँदा १ सय मिलियन भन्दा बढी खर्च गरिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]