8 years ago
July 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग १ अन्तर्गत शनिबारको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले पर्सिब बान्डुङसँग १-१को बराबरी खेलेको छ।
खेलको १५औं मिनेटमा घरेलु टोली पर्सिबले अहमद जुफ्रीयान्टोको गोलसँगै अग्रता लिएको थियो। तर, १९औं मिनेटमा रोहितको पासको सदुपयोग गर्दै रामदानी लेस्तालुहूले बराबरी गोल फर्काएका थिए। खेलको ६६औं मिनेटमा पर्सिजाका सान्दीले दोहोरो पहेंलो कार्ड पाएपछि पर्सिजा १० खेलाडीमा सिमित भएको थियो।
यस बराबरीसँगै रोहितको टोलीको १६ खेलमा २५ अंक भएको छ। ६ जित, ७ बराबरी र ३ हारसँगै टोली अंक तालिकाको पाँचौ स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको भायाङकाराको ३० अंक रहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]