8 years ago
July 22, 2017
हंगकंग (एजेन्सी) – प्रिमियर लिग एसिया ट्रफिको फाइनलमा ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होको उत्कृष्ट गोलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराएको छ। एक गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै लिभरपुलले खेलमा जित हासिल गरेको हो।
इस्लाम स्लिमानीको गोलमा लेस्टर सिटीले खेलको पहिलो हाफको १२औं मिनेटमा अग्रता लिएको थियो। तर २०औं मिनेटमा लिभरपुलका नयाँ खेलाडी मोहोमद सलाहले कौटिन्होको उत्कृष्ट पासको सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीमा आएको थियो। कौटिन्होले डी बक्स बाहिरबाट निकालेको पासमा सलाहले हेडर मार्फत गोल गरेका थिए।
लिभरपुलको बराबरीमा असिस्ट मार्फत योगदान दिलाएका ब्राजिलियनले ४४औं मिनेटमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डि-बक्सको किनाराबाट गरेको कौटिन्होको प्रहारले लेस्टरका किपर क्यास्पर स्माईकललाई कुनै मौका दिएन।
कौटिन्होकालागि बार्सिलोनाबाट करिब ७० मिलियन पाउण्डको प्रस्ताव आएपनि लिभरपुलले आफ्नु मुख्य खेलाडिलाई कुनै हालतमा नबेच्ने जानकारी दिएको छ। उनको सम्झौतामा कुनै रिलिज क्लज नभएका कारण लिभरपुलको अनुमति बिना क्लब छाड्न पाउने छैनन्। यसअघि कौटिन्होले पनि लिभरपुलमा आफ्नु भविश्य समर्पित गर्ने बाचा गरिसकेका छन् ।
हाइलाइट
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]