8 years ago
July 22, 2017
दिपक न्यौपाने
बुटवल – रुपन्देही जिल्ला फुटबल सघंको आयोजनामा कोकाकोला कप अन्तर विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारबाट बुटवलमा सुरु हुने भएको छ । प्रतियोगितामा जिल्लाका निजी तथा सरकारी विद्यालय गरी ५६ टिमको सहभागीता रहने शनिबार आयोजीत पत्रकार सम्मेलनमा खेल संयोजक एवम जिल्ला फुटबल सघं रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ ५२ टिम र छात्रातर्फ ४ टिमको सहभागीता रहने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार प्रत्येक बर्ष आयोजना हुने प्रतियोगिताको यो संस्करणको छात्रतर्फको विजेताले ३० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
छात्रातर्फको विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने संयोजक क्षेत्रीले बताए । यसैगरी उत्कृष्ट पाच बिधामा प्रत्येक खेलाडीलाइ नगद २ हजारसहित सम्मान गरिने पनि जिल्ला फुटबल सघं रुपन्देहीले जानकारी गराएको छ ।
एन्फा टेक्निकल सेन्टर देबिनगरमा सन्चालन हुने प्रतीयोगीतामा दैनिक ४ खेल खेलाइनेछ । कोकाकोला कप फुटबलमा गतबर्षको विजेता छात्रतर्फ स्कर्लसहोम एकेडेमी रहेको थियो भने छात्रातर्फ एपेक्सले उपाधी जितेको थियो । विजेता टिम क्षेत्रीय स्तरको प्रतियोगिताका लागि छनोट हुने जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष कुमार केसीले जानकारी दिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]